सेवा निवृत्त चार शिक्षक सम्मानित

रामेछाप । लिटिलस्टार इङ्लिस स्कूल मन्थलीले आफ्नो २५ औं स्थापनादिवस तथा रजतजयन्तीको अवसर पारेर सेवा निवृत्त चारजना शिक्षकहरुलाई सम्मान गरेको छ ।
सम्मानित हुने निबृत्त शिक्षकहरुमा मन्थली माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गुञ्जबहादुर श्रेष्ठ, तामामाकोशी जनजागृती माध्यमिक विद्यालय खिम्तीका प्रधानाध्यापक पबनराज पौडेल, हिमगंगा माध्यमिक विद्यालय साँघुटारका प्रधानाध्यापक झनहरी दाहाल रहेका छन् ।


त्यस्तै मन्थली माध्यमिक विद्यालयका शिक्षक एवं लिटिलस्टार इङ्लििस स्कुल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारानिधी सुबेदी रहेका छन् । लामो समय जिल्लामा रहेर शिक्षा क्षेत्रमा योगदान पुर्याएको भन्दै उनीहरुलाई सम्मान गरेको हो । त्यसैगरी सोही कार्यक्रमको अवसर पारेर लिटिलस्टार इङ्लििस स्कुलमा ५ वर्षदेखी २३ वर्षसम्म निरन्तर रुपमा पढाउँदै आएका शिक्षक, शिक्षिका र कर्मचारीहरुलाई समेत प्रमाण–पत्र र खादा ओढाएर सम्मान गरेको हो ।
सरस्वती पूजाकै दिन पारेर विद्यालयले रजत जयन्तीको अबसरमा विद्यालयले गरेको विविध गतिविधिहरु समेत सहभागीहरुलाई जानकारी गराएको थियो । सोही कार्यक्रमको अवसरमा विद्यालयले तयार पारेको रजत जयन्ती स्मारिका कार्यक्रमका प्रमुख अतिथि मन्थली नगरपालिकाका नगर प्रमुख रमेशकुमार बस्नेत र विद्यालयका प्रधानाध्यापक धनलाल योञ्जनले सयुक्त रुपमा विमोचन गरेका छन् ।
वि.सं. २०५२ साल पौष १५ गतेबाट पूर्व प्राथमिक तहबाट पठनपाठन शुरुवात गरेको उक्त विद्यालयले २०५८ सालमा प्राथमिक, २०६० सालमा निम्न माध्यमिक र २०६४ सालदेखि एसएलसी सम्मको पढाई सञ्चालन गर्दै आएको हो । २०६४ देखी २०७६ एसएलसी÷एसइई उतिर्ण हुनेकाे संख्या ३ सय ७२ जना रहेका छन् ।

Facebook Comments Box