रामेछाप । बागमती प्रदेश सरकार अन्र्तगत रहेका सुरक्षा निकायहरुलाई, आन्तरिक मामिला तथा कानून मन्त्रालयले विपद् उद्धार सामाग्री हस्तान्तरण गरेको छ । शुक्रबार आन्तरिक मामिला तथा कानून मन्त्रालय हेटौंडामा आयोजित एक कार्यक्रममा मन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश स्तरीय सुरक्षा निकायहरू (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल) लाई विपद् उद्धार सामाग्री हस्तान्तरण गरिएको हो ।
प्रदेश स्तरीय सुरक्षा निकायलाई ओबएम, उद्धार राफ्ट, राफ्टिङ हेलमेट, लाइफ ज्याकेटको साथ इन्फ्लेटेबल उद्धार डुङ्गा लगायत विभिन्न ५६ प्रकारका विपद् उद्धार सामाग्रीहरू दिइएको हो ।