सुनचाँदी व्यवसायीको प्रेस विज्ञप्तिः ‘ढक तराजुमा कुनै कैफियत छैन् ’

Written by meropradesh creator

१ कार्तिक २०८०, बुधबार

नेपाल सुनचाँदी कला व्यवसायी संघ जिल्ला शाखा रामेछापले एक विज्ञप्ति जारी गर्दै सुनचाँदी व्यवसायीले प्रयोग गर्दै आएको ढकतराजुमा कुनै कैफियत नदेखिएको बताएको छ । मंगलबार पत्रकार सम्मेनको आयोजना गरेर केही समय अघि बजार अनुगमन गर्ने टोलीले भनेजस्तो आफूहरुले प्रयोग गर्दै आएको ढकतराजुमा कुनै पनि कैफियत नदेखिएको र सबै ढक तराजु ठिक अवस्थामा रहेको बताएको छ ।

संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘ मिति २०८० असोज २३ र २४ गते सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हुने बजार अनुगमन टोलीले रामेछाप जिल्लाको मन्थली बजार स्थित रहेका सुनचाँदी पसलमा अनुगमन गर्ने क्रममा पसलका ढक तराजु नापजाँच गर्दा केहि सुनचाँदी पसलका ढक तराजु नविकरणको लागि २१ दिन भित्र गुणस्तर तथा नापतौल कार्यालय जनकपुरमा पठाउन अनुरोध गरेकोमा २४ गते नै ८ वटा सुनचाँदी पसलका ढक तराजु सहित गुणस्तर तथा नापतौल कार्यालय जनकपुरबाट चेकजाँच गराइएको छ । यसरी चेकजाँच गराउँदा नापतौलको कार्यालयको प्रमाण पत्र अनुसार हाम्रा सदस्य संस्था ८ वटै सुनचाँदी पसलका ढक तराजुमा कुनै कैफियत नदेखिएको र नविकरण अवधि पनि समाप्त नभएको देखिएको छ ।’

संघका जिल्ला कार्यवहाक अध्यक्ष तुल बहादुर विश्वकर्माद्वारा हस्तक्षरित विज्ञप्तिमा सुनचादी व्यवसायीहरुले कम तौल भएको ढकतराजुबाट सुन जोख्ने गरेको भन्ने जस्ता आरोपमा कुनै पनि सत्यता नभएको र त्यस्ता आरोपको पछि नलाग्न आम उपभोक्तालाई अनुरोध गरिएको छ ।
एक हप्ता अघि अनुगमन समितिले सुनचाँदी पसल अनुगमन गर्दा केही पसलमा ढकतराजुमा समस्या देखिएको भन्दै प्रति सुचनचाँदी पसललाई १० हजारका दरले जरिवना गरेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

गस्तीमा खटिएका दुई जना प्रहरीको मोटरसाइकल दुर्घटनामा ज्यान गयो

गस्तीमा खटिएका दुई जना प्रहरीको मोटरसाइकल दुर्घटनामा ज्यान गयो

रामेछाप । सिन्धुलीमा गस्तीमा खटिएका दुई जना प्रहरीको मोटरसाइकल दुर्घटना हुँदा ज्यान गएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका –५ झगडेँबेसी स्थित भित्री कच्ची सडकखण्डको सोल्पाडाँडाबाट प्रहरी चौकी तर्फ फर्कने क्रममा प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाइकल दुर्घट्ना हुदा दुई...

३ जना सवारी चालक प्रहरी नियन्त्रणमा

३ जना सवारी चालक प्रहरी नियन्त्रणमा

रामेछाप । लागु पदार्थ सेवन ( ला.प.से.) गरी सवारी चलाउने ३ जना सवारी चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले नियन्त्रणमा लिएको छ ।आइतबार दिउसो मन्थली अस्पतालको समन्वयमा मन्थली नगरपालिका वडा नं.१ भैशेश्वरमा गरिएको लागु पदार्थ सेवन सम्पन्धी चेक जाँचको क्रममा तिन...

गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन बन्दैं

गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन बन्दैं

रामेछाप । रामेछापको पुरानो सदरमुकाम रामेछापमा रहेको गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन निर्माण हुने भएको छ । आफ्नो भवन हुदाँ हुदै पठन पाठनमा समस्यामा व्यहोर्दै आएको क्याम्पसले अब भने सुविद्या सम्पन्न भवन पाउँने भएको छ । भवन निर्माणको लागि विश्व विद्यालय अनुदान...