सिन्धुलीमा बोलेरो दुर्घटना ४ जनाको मृत्यु,

रामेछाप । सिन्धुलीमा बोलेरो दुर्घटना भएको छ । बोलेर दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका ७ करमडाडामा बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । सिन्धुलीमाढी बजारबाट कमलामाई नगरपालिका ७ बासकटेरी जादै गरेको बा १७ च १११७ नम्बरको डबल क्याप बोलेरो ग्रामीण कच्ची सडकदेखि झन्डै ४० मिटर तल खस्दा ४ जनाको घट्नास्थलमै मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएको छ ।
घाइतेको उपचारका लागि धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी मनोजकुमार लामाकोजानकारी दिएका छन् । उनका अनुसार अहिलेसम्म घाइते र मृतकको पहिचान खुल्न सकेको छैन ।

Facebook Comments Box