सिडिएस द्वारा दुई स्थानिय तहलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग

रामेछाप– सामुदायिक विकास समाज अन्तर्रगत महिला तथा बाल सशक्तिकरण, स्वास्थ्य तथा सरसफाई परियोजनाले रामेछापको सुनापति र खाँडादेवी गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
परियोजनाले सुनापति गाउँपालिकालाई अक्सिजन कन्सेट्राक्टर १ थान, ड्रम सहित अटोक्लेभ मेसिन २ थान सहयोग गरेको छ । त्यसैगरी खाँडादेवि गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर १ थान र रेगुलेटर सहित अक्सिजन सिलिण्डर २ थान सहयोग गरेको परियोजना संयोजक तिलक कार्कीले बताए ।
स्वास्थ्य सामग्री जिम्मा लिदै खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले सामुदायिक विकास समाज अन्तर्गत महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाई परियोजनाले कोरोना भाइरसको विषम परिस्थिति देखि हाल सम्मको अवस्थासम्म स्वास्थ्य सामग्री सहयोग गरेकोमा खुसी व्यक्त गरे । अत्यन्तै उपयोगी र अत्यावश्यक अक्सिजन कन्सन्ट्रेटर र रेगुलेटर सहित अक्सिजन सिलिण्डरले खाँडादेवीका नागरिकलाई राहत मिलेको अध्यक्ष तामाङले बताए ।
वातावरणमा भएको अक्सिजनलाई संकलन गरि सिधै बिरामीलाई दिन मिल्ने अक्सिजन कन्सन्ट्रेटरले जाडोको समयमा ज्येष्ठ नागरिक, दमका रोगी तथा नवजात शिशुका लागि अति उपयोगी रहेको खाँडादेवी गाउँपालिका स्वास्थ्य शाखाका संयोजक ओमप्रकाश श्रेष्ठले बताए । कोरोना भाइरस (कोभिड–१९) बाट बच्न र बचाउनका लागि पनि अति उपयोगी रहेको बताउंदै अक्सिजन सिलिण्डर सकिएपछि भर्न लैजानु पर्ने झंझट हटेको उनले बताए ।
स्वास्थ्य र सरसफाइको अवस्थामा सुधार ल्याउन खेलेको भूमिकोको स्मरण गर्दै साझेदारी कार्यक्रम गर्न अनुरोध समेत गरे । परियोजना संयोजक कार्कीले सामाग्रीको संरक्षण र दीगो सदुपयोग हुनेमा विश्वस्त रहेको बताउदै गाउँपालिका स्वास्थ्य शाखाको माग बमोजिम गाउँपालिकाको सिफारिसमा स्वास्थ्य सामाग्री वितरण गर्ने गरिएको जानकारी दिए ।

Facebook Comments Box