सिंगो प्रदेशको मुहार फेर्ने ः मुख्य मन्त्री पौडेल

Written by meropradesh creator

२१ श्रावण २०७८, बिहीबार

रामेछाप । बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले सिंगो प्रदेशको मुहार फेर्ने गरी काम भइरहेको बताएका छन् । वागमती प्रदेश सरकारको लगानीमा निर्माण गरिएको सडकको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले केहि समय भित्र सिंगो प्रदेशको मुहारफेर्ने बताए । रामेछापको सित्खा–भिरपानी–गोगनपानी सडकको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले परमादेशबाट बनेको वर्तमान सरकाले नागरिककोे हितमा काम गर्न नसक्न समेत दावी गरे ।

पौडेलले भने अहिलेको सरकार जनादेशबाट नभै परमादेशबाट बनेकाले यो सरकारले जनताको हित र उपलब्धी मूलक काम गर्नै नसक्ने ठोकुवा गरे । अहिलेको सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले बनाएको भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने जस्ता जनताको हित विपरीत निर्णय गरिसकेको छ, सरकारको यो निर्णयले देशभरका भूमीहीनको आशा निराशामा परिणत भएको छ, यो सरकारले गर्ने अन्य काम पनि जनतालाई निराश पार्ने नै हुन्छ मुख्यमन्त्री पौडेलले भने । मुख्यमन्त्री पौडेलले वागमती प्रदेश सरकारले सिङ्गो प्रदेशको विकास, समृद्धि, परिवर्तन र जनाताको हितका लागि द्रुत गतिमा काम गरिरहेको दावी गरे ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...