रामेछाप । सामुदायिक बन महासंघ रामेछापले सामुदायिक बन अधिकार सम्बन्धी जिल्लामा नितिगत छलफल सञ्चालन गरेको छ । समुदायमा रहेको बनको अधिकार र संरक्षण गर्ने जिम्मा समुदायलाई हुन पर्ने सरोकारवालाहरुले बताएका छन् । कार्यक्रममा सहभागिहरुले आफ्नो समुदायको बन संरक्षण गर्ने र प्रयोग गर्ने अधिकार समुदायलाई दिनपर्ने बताएका छन् ।
जिल्ला बन महासंघका अध्यक्ष दुर्गा बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै लिखुतामाकोशी गाउँपालिकाका प्रमुख केशब महतले नितिगत रुपमा बनको विधान बाजिएको कारण काम गर्न समस्या र झन्झटिलो भएको बताए । रामेछापको एक मात्र स्थानिय तहले गरेको निर्णय लागु नहुने भन्दै जिल्ला महासंघ देश भरि लागेर नितिगत समस्या समाधान गर्नु पर्ने बताउनु भयो ।