काठमाण्डौ – सामुदायिक रेडियोहरुको छाता सङ्गठन सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) को अध्यक्षमा अर्जुन गिरी निर्वाचित भएका छन । बिहिबार भएको निर्वाचनमा गिरीले १ सय ६१ मत ल्याएर विजयी भएका छन भने उनका प्रतिद्वन्द्वी कपिलदेव खनालले १४ मत ल्याएका छन । जम्मा खसेको १ सय ७१ मत मध्य ३ मत मत बदर भएको अकोराबले जनाएको छ । काठमाण्डौमा सम्पन्न अकोराबको पन्ध्रौँ साधारण सभा तथा सातौँ अधिवेशनले गिरी अध्यक्ष रहने गरी ३२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विष्णु अवस्थी, मधेशी उपाध्यक्षमा निमेष कर्ण, महिला उपाध्यक्षमा वन्दना दनुवार, जनजाति उपाध्यक्षमा मिलन गाहामगर र दलित उपाध्यक्षमा भुवन सिंह निर्वाचित भएका छन् ।
यस्तै महासचिवमा किशोरजंग थापा, सचिवमा सुदर्शन खतिवडा र कोषाध्यक्षमा सरोज पौडेल चुनिएका छन् । अध्यक्षबाहेक अन्य पदमा भने सर्वसम्मतिले चयन गरिएको नवनिर्वाचित सचिव सुदर्शन खतिवडाले जानकारी दिनुभयो । नेपालमा तीन सय ५० भन्दा धेरै सामुदायिक रेडियो रहेका छन् । गिरी यसअघि अकोराबका वरिष्ठ उपाध्यक्ष थिए
रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध
रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...