सर्वोच्च अदालतमा लिखित जवाफ दिएर फर्किए–प्रधानमन्त्री ओली

Written by meropradesh creator

६ फाल्गुन २०७७, बिहीबार

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अवहेलनासम्वन्धी मुद्धामा बिहिबार दिउँसो सर्वोच्च अदालतमा आफै पुगेर लिखित जवाफ बुझाएर फर्किएका छन् ।
अदालतको अवहेलना गरेको भन्दै ओली बिरुछद्ध गत माघ १५ गते न्यायाधीस मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्याद बाहेक ७ दिनभित्र आफै अदालत उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । अवहेलना सम्वन्धी मुद्धामा लिखित जवाफ दिन सर्वोच्च अदालत पुगेका प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको भवनको निरीक्षण गरेर फर्किएका छन् ।
सर्वोच्च अदालतमा विचारधीन प्रतिनिधिसभा विघटनको मुद्धा र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको बिषयमा दिएको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना भएको ठहर गर्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध रिट निवेदन दर्ता गराएका थिए ।
प्रधानमन्त्री ओलीले म्याद बुझेको सात दिनभित्र लिखित जवाफ लिएर सर्वोच्च अदालत पुगेका हुन् । न्यायाधीस शर्माकै इजलासले पूर्वसभामुख दमननाथ ढुंगाना विरुद्धको अवहेलना मुद्धामा पनि आफै उपस्थित भई लिखित जवाफ दिन आदेश गरेको थियो । त्यस्तै नेकपा अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध पनि अवहेलना मुद्धा दर्ता भएको छ । अध्यक्ष दाहाललाई पनि लिखित जवाफसहित आफै अदालत उपस्थित हुन भन्ने आदेश न्यायाधीश शर्माको इजलासले दिएको थियो ।
अवहेलना मुद्धा लगाइएका चार पूर्वप्रधानन्यायाधीशले भने अदालतमै म्याद बुझेर सोमबार नै लिखित जबाफ दिइसकेका छन् ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...