सरकारी चेक साट्ने म्याद घट्यो

Written by meropradesh creator

२३ माघ २०७७, शुक्रबार

रामेछाप । सरकारी कार्यालयहरुबाट जारी भएको चेक साट्ने म्याद घटेको छ । यसअघि सरकारी कार्यालयबाट जारी भएको चेक ३० दिन भित्र साट्नु पर्ने प्रावधानलाई घटाएर पन्ध्र दिन मात्रै कायम गरिएको छ ।
सरकारले आर्थिक कार्यविधि तथा उत्तरदायित्व नियमावली २०७७ को नियम १३२ (१) मा ऐन संशोधन गरेसँगै सरकारी कार्यालयवाट जारी गरिएको चेक साट्ने म्याद घटाएको हो । यसअघि भइरहेको व्यवस्थालाई परिमार्जन गर्दै सरकारी कोषबाट भुक्तानी लागि जारी गरिएको चेकको अवधि १५ दिन मात्रै हुने कोषतथा लेखा नियन्त्रक कार्यालय रामेछापका प्रमुख कोष नियन्त्रक हेमन्तराज निरौलाले जानकारी दिए ।
उनले भने– मन्त्रालयले गरेको परिपत्र अनुसार हामिले रामेछापका सबै सरकारी कार्यालयहरुलाई परिपत्र गरिसकेका छौं । सरकारी कार्यालयले जारी गरेको चेक भुक्तानी गर्ने म्याद १५ दिन मात्रै भएकाले त्यही अनुसार आवश्यक व्यवस्था मिलाउन परिपत्र कोष नियन्त्रक निरौलाले बताए ।
कोषतथा लेखा नियन्त्रक कार्यालय रामेछापले सदरमुकाम मन्थली र रामेछापमा रहेका राष्ट्रिय बाणिज्य बैंकलाई समेत परिपत्र गरेर कार्यान्वयन गर्न आग्रह गरेको छ ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...