सरकारले मिडिया सञ्चालन गर्न हुदैँनः मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले सरकारले मिडिया चलाउन नहुने बताएका छन् । शनिबार नेपाल पत्रकार महासंघ वागमती प्रदेशको प्रादेशिक सम्मेलनलाई सम्बोधन गर्दै सौराहामा मुख्यमन्त्री पाण्डेले सरकारले मिडिया चलाउन नहुने बताएका हुन् ।
मुख्य मन्त्री पाण्डेले भने‘ डोरमणी पौडेलको पालामा प्रदेश सरकारले आफैले मिडिया सञ्चालन गर्न १० करोड पनि राखियो, त्यसको व्यापक विरोध पनि भयो, हामीले पनि प्रतिवाद गर्यौ । राम्रो काम गरेपछि मिडियाले नराम्रो भनेर लेख्न मिल्दैन, मिडिया राज्यले सञ्चालन गरिरहनुपर्दैन ।’ मिडियाले भनेको राम्रो काम गरे राम्रो भन्ने हो नराम्रो गरे नराम्रो भन्ने हो भन्दै सरकारले मिडिया चलाउनु नहुने बताए । उनले फ्रिज भएर बसेको १० करोड बजेटलाई पत्रकार महासंघसँग छलफल गरेरै ठिक काममा लगाउने प्रतिबद्धता जनाएका छन् । सौराहामा भएको नेपाल पत्रकार महासंघ वागमती प्रदेशको प्रादेशिक सम्मेलनमा १० जिल्लाका अध्यक्ष सचिब र कोषाध्यक्ष सहित प्रदेशका पदाधिकारी र सदस्यहरुको उपस्थित रहेको छ । प्रादेशिक सम्मेलन चितवनको सौराहामा शनिबार र आइतबार चल्ने र सम्मेनमा सबै जिल्ला शाखाको सुझावलाई समेटेर सौराहा घोषणा पत्र जारी गर्ने नेपालपत्रकार माहासंघ बागमती प्रदेशका अध्यक्ष शिब देबकोटाले जानकारी दिए ।