सयौं परिवार भोकै, खाद्यान्न माग्दै जनप्रतिनिधी काठमाडौंमा

काठमाडौँ । बझाङको साइपाल गाउँपालिकाका झन्डै ६सय १० घरपरिवार भोकमरीको चपेटामा परेपछी गाउँपालिकाका जनप्रतिनिधीहरु खाद्यान्नको माग गर्दै काठमाण्डौ आइपुगेका छन् । भौगोलिक रूपमा विकट गाउँपालिकामा सडक सञ्जाल नजोडिएकाले खाद्यन्नको अभाब भएको हो । गाउँपालिकामा गत कात्तिकयता एक दिन मात्रै पानी पर्दा खाद्यन्न उत्पादन नभएपछी गाउँपालिकामा खद्यनन अभाब भएको गाउँपालिका उपाध्यक्ष कल्पनादेवी बोहराले बताइन ।
उनले भनिन पानी नपरेपछी सबै जमीन बाझैबस्यो उत्पादन भएन खरिद गर्न पनी सडक सञ्जाल नहुदा सबैको पँहुचमा खाद्यन्न छैन नागरीक लाई धेरै समस्या छ हामीले जनप्रतिनिधी भएर केहि गर्न सकेनौ उपाध्यक्ष बोहोराले भनिन् । अहिले काठमाण्डौमा नागरिकहरु भोकमरीको मारमा परेको भन्दै गाउँपालिकाका उपाध्यक्षसहित चार जना वडाध्यक्षहरु खाद्यान्न माग्दै काठमाडौं आइपुगेका छन । काठमाडौं आउनेमा पालिका उपाध्यक्ष कल्पनादेवी बोहरा, वडा १ का अध्यक्ष गोपाल बोहरा, २ का अध्यक्ष हरिलाल बोहरा, ३ का अध्यक्ष जगवीर बोहरा र ४ का जयसिंह रोकाया छन् ।
उपाध्यक्ष बोहराले साथमा एक वर्षको बच्चा बोकेर ‘खेती भनेको गहुँ, जौ, कोदो र मकै हो तर खडेरीले केही उम्रिएन, उम्रेको केही बाली पनि सुक्यो,’ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलसमक्ष बिहीबार गाउँका पीडा सुनाउँदै उपाध्यक्ष बोहराले भनिन्, ‘पुस–माघबाटै खाद्यान्न अभाव भइसकेको छ । केहीले खाद्यको चामल आए तिरौंला भनेर व्यापारीबाट पैंचो चामल मागेर खाइरहेका छन ।’
गाउँपालिकामा ५ वटा वडा छन । वडा १ र २ मा करिब १५० घरपरिवार बसोबास गरिरहेको बोहराले जानकारी दिइन । वडा ३ मा करिब १६० परिवार, ४ मा २०० र ५ मा करिब १०० घरधुरी छन् । यो क्षेत्र चीनको सीमानजिकै छ । आवश्यक अन्य वस्तु गाउँलेले चीनबाट किन्थे तर पछिल्लो समय नाका बन्द छ । जसले गर्दा उनीहरू थप समस्यामा परेका हुन । उपाध्यक्ष बोहोराले भनिन् ‘जडीबुटीबाट अलिअलि कमाइ हुन्थ्यो र चामल खान्थ्यौं । यसपालि जडीबुटी भएन, बाली फलेन,’ बोहराले भनिन्, ‘त्यही भएर पनि भोकमरी भयो । कसै–कसैको घरमा एक दाना पनि चामल छैन ।’ बोहराका अनुसार सरदमुकामबाट गाउँपालिकासम्म पुग्न हिँडेर ३ दिन लाग्छ । माथिल्लो वडासम्म पुग्न ४–५ दिन लाग्छ । वडाध्यक्षहरू नै ५ दिन हिँडेर सदरमुकाम आइपुगेका हुन । सदरमुकामबाट धनगढी र धनगढीबाट काठमाडौं आउँदा बाटोमै ७ दिन गएको छ । उनिहरुले भने
उनीहरूले बुधबार उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बिमला विकलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । राज्यमन्त्री विक बझाङकै हुन । उनले माग सम्बोधन गर्ने आश्वासन दिएको वडाध्यक्ष बोहराले बताए । बिहीबार पनि उनीहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा ज्ञापनपत्र बुझाउन पुगेका थिए ।
समाचार कान्तीपुर दैनिक बाट