रामेछाप । रामेछाप उद्योग बाणिज्य संघको चैत्र २७ गते निर्वाचन हुने भएको छ । निर्वाचनमा संयुक्त व्यवसायि हरुको समावेसी समुहलाई मतदान गर्न अध्यक्षका उम्मेरदवार नविन थापामगरले आग्रह गरेका छन् । संयुक्त व्यवसायि हरुको समावेसी समुहका अध्यक्षका उम्मेरदवार थापामगरले मन्थलीमा सामुहिक पत्रकार सम्मेलन गर्दै ५ पटक उपाध्यक्ष र दुइपटक सदस्य पदमा रहेर उद्योग बाणिज्य संघमा आफुले काम गरिसकेको बताएका छन् ।
लामो समय सम्म आफुले बिभिन्न पदमा रहेर काम गरिसकेको भन्दै अब अध्यक्षको रुपमा रहेर व्यवसायिको पक्षमा काम गर्ने अवसर आएको बताएका छन् । व्यवसायिको पक्षमा लामो समय देखी काम गरेको भए पनि कार्यन्वयन गर्ने स्थानमा आफु नहुदा कतिपय काम गर्न नसकिएको बताएका छन् । आफु लगाएत आफ्नो संयुक्त व्यवसायि हरुको समावेसी समुह निर्वाचित भए रामेछापका व्यवसायिले झेल्दै आएको समस्या समाधान गर्न आफु लागी पर्ने बताएका छन् ।
आफ्नो समुहमा सबै क्षेत्र र समुहका व्यवसायिहरु समावेश भएको भन्दै सबै क्षेत्रको व्यवसायिहरुको हितको लागी काम गर्न सहज हुने बताएका छन् ।
संयुक्त व्यवसायीहरुको समुहका उम्मेरद्वारहरु
१,अध्यक्ष ः नविन थापामगर
२, वरिष्ठ उपाध्यक्ष ः प्रकाश कुमार श्रेष्ठ
३, उपाध्यक्ष (वाणिज्य) ः राम सुदिश साह
४, उपाध्यक्ष (उद्योग) ः आकाश रिजाल
५, महासचिब ः कुमार श्रेष्ठ
६, सचिब ः यज्ञ प्रसाद सुवेदी
७, कोषध्यक्ष ः झनक बहादुर बुढाथोकी(उत्तम)
८, आजिवन सदस्य ः प्रमोद कुमार श्रेष्ठ
९, महिला सदस्य ः जया सुवेदी
१०, खुल्ला सदस्य ः अर्बिन कुमार श्रेष्ठ
११, खुल्ला सदस्य ः बासुदेव फुयाल
१२, खुल्ला सदस्य ः राजु श्रेष्ठ(विजय)
१३, खुल्ला सदस्य ः श्याम कुमार श्रेष्ठ
१४, खुल्ला सदस्य ः हरेराम क्षेत्री