संसद पुनर्स्थापित गर्ने र नयाँ सरकार बनाउने ः प्रचण्ड

संसदीय दलका नेता चुनिएपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले ‘संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने प्रतिबद्धता जनाएको छ । अरू संसदीय दलका नेताहरूसँग पनि छलफल गरेर नयाँ परिस्थिति निर्माणमा लाग्ने बताएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड(माधव समूहको संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आफुहरुले संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाइने बताएका हुन ।
नयाँ बानेश्वरमा बसेको समूहका सांसदहरुको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर अर्का अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता चुनेको थियो । बैठकमा मंगलबार मात्र प्रचण्ड(माधव समूहका अध्यक्ष चुनिएका माधवकुमार नेपालले प्रचण्डलाई दलको नेता बनाउने प्रस्ताव गरेका थिए ।