संसद् विघटन गर्ने मन्त्रिपरिषद्को सिफारिस लिएर प्रधानमन्त्री वली शितल निवास

मन्त्रिपरिषद्कोको आकस्मिक आज वसेको बैठकले संसद् विघटनका लागि सिफारिस गर्ने प्रस्ताव गरेको छ । आकस्मिक आज बसेको बैठकले संसद् विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय हो ।
यसअघि मन्त्रीहरुलाई समेत जानकारी नदिई सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । तर, नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।
प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा सांसदहरु निवेदन दर्ता नगरी फिर्ता भएका थिए । तर आज बसेको मन्त्रिपरिषद्कोको आकस्मिकबैठकले संसद विघटन गर्न सिफारिस गरे संगै प्रधानमन्त्री वली सिफारीस लिएर शितल निवास पुगेका छन् ।
आइतबार बिहान बसेको मन्त्रिपरिषदको बेठकबाट संसद विघटनको सिफारिस गर्ने निर्णय गरे लगत्तै ओलीले राष्ट्रपति समक्ष सिफारिस गर्न लगेका हुन् । मन्त्रिपरिषद् बैठकले मगंलबार जारी सवैधानिक परिषद् ऐन संशोधन अध्यादेश फिर्ता लिने र संसद विघटनको सिफारिस राष्ट्रपतिसमक्ष लैजाने निर्णय गरेको थियो । संसद विघटनबारे संविधानमा भने स्पष्ट उल्लेख गरिएको छैन ।