संवेदनशील क्षेत्रहरुमा सुरक्षा व्यवस्था कडा

काठमाण्डौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएको घोषणा गरे संगै उपत्यका लगाएत मुख्य शहरको संवेदनशील क्षेत्रहरुमा सुरक्षा व्यवस्था कडा पारेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने आदेश दिएसँगै सुरक्षा निकाय हाई अलर्टमा बसेको हो । नेकपा ओली समूहका नेता कार्यकर्ता र प्रचण्ड–माधव समूहबिच झडप हुनसक्ने सम्भावनाका आधारमा सुरक्षा निकाय हाई अलर्टमा राखेको हो ।
उच्च सुरक्षा स्रोतका अनुसार सुरक्षा संयन्त्रले संसद् पुनर्स्थापना भएको अवस्था र नभएको अवस्थामा कस्तो सुरक्षा तैनाथी गर्ने भन्ने तयारी पहिल्यै गरेको थियो । संसद् पुनर्स्थापना भएको अवस्थामा प्रदर्शन र झडपको सम्भावना कम हुने विश्लेषण सुरक्षा अधिकारीहरूको रहेको थियो । सर्वोच्च अदालतले आज विघटित प्रतिनिधिसभा पुनर्स्थापना सँगै १३ दिनभित्र संसद् अधिवेशन बोलाउन पनि आदेश जारी गरेको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिदादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गदै वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा गरेकी थिइन् ।
उक्त संसद् विघटन संविधान विपरीत भएको भन्दै सर्वोच्च अदालतमा १३ वटा रिट दायर भएको थियो ।