शुभ कामना

केहि काम नगरेपनि कम्तिामात्यो आसनमा पुग्यौ
बेला बेला उखान टुक्का सुनाइ दिएकोमा शुभकामना
महंगीले दिनदिनै आकाश चुलाइ दिएकोले कुन दिन भोकमरीले मरिन्छ
भार थाम्न नसक्ने बनाइ दिएकोमा तिमी महन्ते दाजुलाई शुभकामना
शान्ति रुपी विगुल बजाउँदै,नयाँवर्षे विहानी उदाओस्
उन्नति र प्रगतिका, सुनौला समाचारहरुलाई शुभकामना
आफुले मेहनत नगरे पनि, अरुको उन्नतिमा
आफ्नो अधोगति देख्ने ति, निर्लज्जनयनहरुलाई शुभकामना
कसैले दुखपाई दुखी हुन नपरोस्, दैवि प्रकोप हटेर जाओस्
जताततै सुखमयति , प्रेमिल दिनहरुलाई शुभकामना
राजनैतिक कालो वादल हटेर जाओस्
सकारात्मक संकेतका, आधारहरुलाई शुभकामना
हो नहार ति, दुई नेपालि पाइलट हरुलाई शुभकामना
अनिणर्यका बन्दि बनाउनेहरु लाई पत्ता साफ बनाएर उडाओस्
न्यायालयको बन्दि कोठा भित्रका ति ,महान् आत्माहरुलाई शुभकामना
एउटा हातमा राहतको पोको, अर्को हातमा सेल्फीको लहरमा
कर्णालि सम्म पुगेका ति, अभियन्तालाई शुभकामना
जनमुखी राहतका ति , सहयोगी मनहरुलाई शुभकामना
न्याय ,कानुन , सविंधानको पालनागर्दै , शान्ति सुरक्षा छाओस्
स्वागत योग्य ति, नयाँ योजनाहरुलाई शुभकामना
योजनाहरु साकार बनाउन तल्लिन ति , योजनाकारहरुलाई शुभकामना
झुपडिमा सिस्नु खाएर, महलमा आसिनहरुको लागी
कर तिर्न अग्रसर ति, निर्मम र दयालु मनहरुलाई शुभकामना
विस्तारै झर्दैछन् ति, पुराना पातहरु रुखका
अंकुराउदै गरेका ति , कलिला मुनाहरुलाई शुभकामना
निश्चल मनहरुलाई अझै कञ्चन बनोस्
सोझा सिधा ति तिम्रा आत्माहरुलाई शुभकामना
नयाँ वर्षमा चोखे ति, प्यार हरुलाई शुभकामना
मित्रता र प्रेममा पर्यायवाची यारहरुलाई शुभकामना
विहान उस्तै ,दिन उस्तै , चिसो रात उस्तै
कहिल्यै भुल्न नसकिने ति, तिम्रा गढित यादहरुलाई शुभकामना
सबैको प्रेम साकार होस्, सोचेको सबै पुर्ण होस्
नयाँ बस्न लागेका, पे्रमिल घरवारहरुलाई शुभकामना
शुभकामना१शुभकामना१सबै सबैमा नयाँवर्षको शुभकामना

 

Facebook Comments Box