विश्व महिला खुल्ला कविता प्रतियोगितामा रामेछापकी तामाङ प्रथम

रामेछाप । अमेरिकामा भएको विश्व महिला खुल्ला कविता प्रतियोगितामा रामेछापको कल्पना तामाङ प्रथम भएकी छिन् । तामाङ पाँच सय डलर राशीको विश्व महिला खुल्ला कविता प्रतियोगितामा प्रथम हुन सफल भएकी हुन । मन्थली नगरपालिका–४ घर भइ हाल अमेरिकामा बसोबास गर्दै आएकी तामाङले विश्वका विभिन्न देशबाट सहभागी जनाएका कविहरुलाई पछि पार्दै प्रथम भएकी हुन् । १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय महिला समितिले आयोजना गरेको विश्व महिला खुल्ला कविता प्रतियोगितामा प्रथम हुन पाउदा आफू निकै खुसी रहेको तामाङले बताइन ।
संसार भरिबाट सहभागिता जनाएको उक्त प्रतियोगितामा महिला जिवनमा आधारित विषयमा कविताहरू आव्हान गरिएको र छनौट समितिबाट छानिएका प्रतियोगीहरू मध्येबाट रामेछापकी तामाङ प्रथम हुन सफल भएको हो । उक्त प्रतियोगितामा प्रथम हुँदै तामाङले ५०० डलर प्राप्त गरेका छन् भने द्धितिय हुँदै बिन्दा पराजुलीले ३०० डलर र तृतिय हुँदै विष्णुमाया विभुले २०० डलर प्राप्त गरेको छ । सयौ कविता मध्य तामाङले लखेको कविता प्रथम हुन सफल भएको हो ।

Facebook Comments Box