विरोध कार्यक्रमलाई सम्बोधन गर्न तरुण दलका अध्यक्ष बस्नेत रामेछाप आउदै

रामेछाप, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत देश ब्यापी रुपमा प्रधानमन्त्री के पी वलीको कदम विरुद्ध नेपाली काँग्रेसले गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्न रामेछाप आउने भएका छन् ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापको समन्वयमा जिल्लाका विभिन्न भातृ संगठनहरुले संयुक्त रुपमा गर्न लागेको विरोध कार्यक्रमलाई सम्बोधन गर्न माग १९ गते सोमबार बस्नेत रामेछाप आउने भएको हो ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापको समन्वयमा जिल्लाका विभिन्न भातृ संगठनहरुले संयुक्त रुपमा गर्न लागेको विरोध कार्यक्रमको संयोजन गर्ने जिम्मेवारी पनि नेपाल तरुण दल रामेछाप लाई दिइएको छ ।
शुक्रवार मन्थलीमा सम्पन्न काँग्रेसका उपलब्ध पादाधिकारीहरु र भतृ तथा सुभेच्छुक संस्थाहरुका प्रतिनिधिहरू सहितको संयुक्त बैठकले सो कार्यको जिम्मेवारी तरुण दल लाई दिने र २४ गतेको कार्यक्रमका लागि ट्रेड युनियन काँग्रेसलाई संयोजनको जिम्मेवारी दिने निर्णय गरेको नेपाली काँग्रेस रामेछापका पार्टि सभापति लवश्री न्यौपानेले जानकारी दिनुभयो ।
काँग्रेस केन्द्रीय कार्यालयले फागुन १९ गते सोमवार सवै भातृ संस्थाहरुले ७७ वटै जिल्लामा संयुक्त रुपले, माघ २४ गते शनिवार शुभेच्छुक संस्थाहरुले र फागुन ३ गते सोमवार जिल्ला कार्य समितिहरुले जिल्लामा विरोध प्रदर्शन तथा सभाको आयोजना गर्ने भनि सबैतिर सर्कुलर गरेको छ ।