विद्यार्थीलाई शिक्षा र अभिभावकलाई रोजगारी दिदै बिद्यालय

Written by meropradesh creator

७ चैत्र २०७७, शनिबार

रामेछाप । खाडाँदेबी गाउँपालिका वडा नम्बर ३ भिरपानीमा रहेको जखनी स्थान आधारभुत विद्यालयले विद्यार्थीको विद्यालयमा निरन्तरताका लागी र अभिभावको विद्यालयसंगको आवद्धता जोड्नको लागि नयाँ पनको शुरु गरेको छ । बिद्यालयले विद्यार्थीहरु नआउने, आए पनि बिचैमा विद्यालय छाड्ने भएपछि विद्यालयले नयाँ विधिको प्रयोग गरेको हो । आदिवासी माझी समुदायका विद्यार्थीहरुले पढ्ने जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं ३ भिरपानीको एक विद्यालयले विद्यार्थीको निरन्तरता र अभिभावको संलग्नताको लागि भाडामा जग्गा लिएर विद्यार्थीलाई शिक्षा र अभिभावकलाई रोजगारी प्रदान गरिरहेको छ ।
सिमान्कृत माझी समुदायको मात्र बसोबास रहेको रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका वडा नं ३ भिरपानी सित्खाको माझी बस्तीबाट अहिलेसम्म एकजनाले पनि एसएलसी पास गरेका छैनन् । यसैलाई ध्यानमा राखि जखनी स्थान आधारभुत विद्यालयले विद्यार्थीको विद्यालयमा निरन्तरता र अभिभावको विद्यालयसंगको आवद्धता जोड्नको लागि नयाँ प्रयोग सुरु गरेको हो । विद्यालय आसपासको २२ रोपनी भन्दाबढी जग्गा विद्यालयले भाडामा लिएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा विद्यालयले सो जग्गा भाडामा लिएको हो । सो जग्गामा वडा कार्यालयकै सहयोगमा माछा पोखरी निर्माण गरिएको छ ।
साथै वाँकी जग्गामा तरकारी खेती, धान गहुँ लगायतको खेति समेत सो विद्यालयमा छोराछोरी पढाउने अभिभावकले लगाउन लागेका छन् । विद्यालयमा पहिला खासै विद्यार्थीहरु नहुने भए पनि यो कार्यक्रम सुरु भए पछि स्थानीय अभिभावकका ६० जनाभन्दा बढी विद्यार्थीहरु नियमित विद्यालय जाने गरेको अभिभावक धर्मबहादुर माझीको भनाई छ । आर्थिक रुपमा विपन्न माझी समुदायका अभिभावकहरुले विद्यालयको जमिनमा खेति लगाए वापत केही अंश विद्यालयलाई दिन्छन् । त्यस्तै माछा पोखरीको उत्पादनको पनि ४० प्रतिशत विद्यालय र ६० प्रतिशत समुदायले लिने गर्दछन् । समुदायले विद्यालयलाई बुझाउने तकारी, अन्न लगायतको उत्पादन सोही विद्यालयमा पढ्ने बाल बालीकाहरुलाई खाना खुवाउन प्रयोग गरिन्छ । अहिले विद्यालयले विद्यार्थीहरुलाई बिहानको खाना र दिउँसोको खाजा विद्यालयमा नै व्यवस्था गरेको छ । यसले गर्दा विद्यार्थीहरु समयमा नै विद्यालय आउने र पुरा समय विद्यालय बसेर पठन पाठन गर्न लागेको खाँडादेवी गाउँपालिका वडा नं ३ भिरपानीका वडाअध्यक्ष पुष्कर काकी ले बताए ।
शिक्षा क्षेत्रको सुधारका लागि खाँडादेवी गाउँपालिकाको एक विद्यालय एक उत्पादन कार्यक्रम अन्तरगत विद्यालयहरुले माछा तथा तरकारी र अन्य खेति सुरु गरेका छन् । यसले शिक्षामा गुणस्तरीयता बढ्नुका साथै विद्यालयको आम्दानीको श्रोत बढ्ने तथा विद्यार्थीहरु समेतको संलग्नतामा यस्तो काम गर्दा कृषि पेसा प्रति विद्यार्थीहरुको समेन सम्मान बढ्ने गाउँपालिकाको बिश्वास छ ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...