वाग्मतीमा मुख्यमन्त्री सहित तीन मन्त्रीले लिए शपथ

वाग्मती प्रदेशमा मुख्यमन्त्री राजेन्द्र पाण्डे सहित तिन मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । नेकपा एमाले बाट मुख्य मन्त्री अष्टलक्ष्मी शाक्यले बिश्वासको मत लिन नसेके संगै उनले राजीनामा दिए पछी प्रदेश प्रमुखको कार्यालय हेटौंडामा आयोजित एक समारोहबीच प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाण्डेलाई शपथ खुवाउनु भएको हो । पाण्डे आज मुख्यमन्त्री नियुक्त हुनुभएको छ । नेपाली कांग्रेसका सांसद् कृष्णलाल भँडेलले भौतिक पूर्वाधारमन्त्री, माओवादी केन्द्रकी कुमारी मोक्तानले अर्थमन्त्री र एकीकृत समाजवादीका कृष्ण खनालले सामाजिक विकासमन्त्रीको रूपमा शपथ लिनु भएको छ । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको शपथ खुवाउनुभएको हो ।

Facebook Comments Box