वडा अध्यक्षको अवस्था गम्भिर, हेलिकोप्टर मार्फत राजधानी लगियो

रामेछाप–२० मंसिर ।
रामेछाप । मन्थली नगरपालिका वडा नं–१२ का वडा अध्यक्ष कृष्णहरी अधिकारीको अवस्था गम्भिर रहेको छ । शनिवार विहान आफ्नै घरमा धान कुट्ने क्रममा अध्यक्ष अधिकारीले गलामा बाधेको गलवन्दी मिलको फितामा बेरिदा उनको टाउकोमा गम्भिर चोट लागेको छ । अध्यक्ष अधिकारीको गेलुमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि थप उपचारको लागि हेलिकोप्टर मार्फत काठमाण्डौं पठाइएको छ ।
घाटीमा वाधेको गलवन्दी अकस्मात मिलको फितामा बेरिदा उनको टाउँकाकोमा गहिरो चोट लागेको छ । उपचारको लागि अध्यक्ष अधिकारीलाई स्थानिय प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको भएता पनि उनको टाउँकोवाट रक्तश्राव नरोकिएपछि हेलिकोप्टर मार्फत काठमाण्डौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

 

Facebook Comments Box