लुम्बिनी प्रदेशको मुख्यमन्त्री सम्हालेको केसी द्वारा घोषणा

रुपन्देही । नेकपा (माओवादी केन्द्र), लुम्बिनी प्रदेशका संसदीय दलका नेता कुल प्रसाद केसी ‘सोनाम’ले आफुले आजैका दिन देखी मुख्यमन्त्री पद समालेको घोषणा गरेका छन् । केसीले प्रदेश प्रमुख कार्यालय हाता भित्र पत्रकारहरु संग कुरा गर्दै आफूले आजैबाट मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेको जानकारी दिए ।
लुम्बिनी प्रदेश सरकार गठनको लागि नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जसपा नेपाल र जनमोर्चाका ४२ जना सांसदहरुले हस्ताक्षरसहित प्रदेश प्रमुख धर्मनाथ यादवलाई पत्र बुझाएका छन् । उनीहरुले आफूहरु सशरिर नै उपस्थित् भएको भन्दै आफूहरुसँग बहुमत रहेकोपनि दाबी गरेका छन् । शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णय अवैधानिक भएको उनीहरुको ठहर छ ।

Facebook Comments Box