लामो समयदेखी हराएका प्राचिन मूर्ति अमेरिकावाट नेपाल ल्याइदै

रामेछाप । अमेरिका सरकारले लामो समयदेखी हराएका तीनवटा प्राचिन मूर्ति अमेरिकावाट नेपाल ल्याइने भएको छ । उक्त मूर्ति अमेरिकी सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । अमेरिकाले गणेश र बुद्धको आसनस्थ तथा काठबाट कुदिएका अप्सराको मूर्ति एक कार्यक्रमको आयोजना गरि शुक्रवार हस्तान्तरण गरेको हो ।
अमेरिका स्थित न्युुयोर्क जिल्लाका न्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले त्यहाँस्थित नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमलाई ती दुई मूर्ति हस्तान्तरण गरेको महावाणिज्य दूतावासले जनाएको छ । प्राचिन सामाग्रीको गैरकानुनी रुपमा ओसारपसार र खरिदविक्री गर्ने समूहलाई अमेरिकी गृहमन्त्रालय र सुरक्षा निकायको सहयोगमा ती मूर्ति तिनका वास्तविक हकदारलाई फिर्ता गर्ने अमेरिकी सरकारको निर्णय अनुसार दुई मूर्ति नेपाललाई हस्तान्तरण गरिएको हो । अमेरिकाले चार वर्षको अनुसन्धान एवं कानूनी प्रक्रिया पुरा गरि ती मूर्ति नेपालाई हस्तान्तरण गरेको हो ।
धेरै वर्षअघि देखी नेपालवाट हराएका प्राचिन मूर्तिहरु फेला पारी अमेरिकी सरकारले नेपालसरकारलाई हस्तान्रण गरेकोमा सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्ता सकारात्मक कार्यमा सहयोग पुग्ने अपेक्षा नेपाल सरकारले गरेको छ । मूर्ति हस्तान्तरण कार्यक्रममा अमेरिकी अधिकारीलाई खादा ओढाएर सम्मान समेत गरिएको महावाणिज्य दूतावासले जानकारी दिएको छ । अमेरिकी सरकारले हस्तान्तरण गरेका ती मूर्तिहरु चाडै नेपाल ल्याइने भएको छ ।