लकडाउन गर्ने प्रस्ताव सहित प्रमुख जिल्लाअधिकारीहरु बैठकमा

काठमाडौं । विश्वमा फैलिएको कोरोना भाइरस नेपालमा पनी फैलन थालेपछी उपत्यकाका तिन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सयुक्त छलफलमा बसेका छन् । काठमाण्डौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु उपत्यकाका तीन वटै जिल्लामा निषेधाज्ञा लगाउने तयारीबारे छलफल गरिएका छन् । सोमबार बिहान काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच बसेको बैठकले उपत्यकामा लकडाउन गर्न सरकारसँग प्रस्ताव गरेको जनाइएको छ ।
तीन जिल्लाका सिडिओहरुले एक दर्जन भन्दा बढी सेवा सञ्चालनमा रोक लगाइने विषयमा पनि छलफल गरेका छन् । यसैगरी बैठकले सार्वजनिक सवारी, रात्रिकालीन सबै व्यवसाय, होटेल रेस्टुरेन्ट, सार्वजनिक सेवा लगायत दर्जन भन्दा बढी क्षेत्रमा निषेधाज्ञा लगाउने बारे छलफल भएको छ । जारी रहेको बैठकले केही बेरमै सार्वजनिक सूचना जारी गर्दैछ ।