रामेछाप । रामेछापमा मेरो गणना मेरो सहभागीता भन्ने मुल नाराका साथ १२ औँ राष्ट्रिय जनगणनामा सुरू भएको छ । राष्ट्रिय जनगणनाका लागि रामेछापमा २ सय ९८ जना गणक खटाइएको जिल्ला जनगणना कार्यालय रामेछापले जनाएको छ । जिल्लाका ८ वटा स्थानिय तहहरुमा २ सय ९८ जना गणक खटाइएको जिल्ला जनगणना कार्यालय रामेछापका प्रमुख सुरेश खतिवडाले जानकारी दिए । खतिवडाले मन्थली नगरपालिकामा ७३ ,रामेछाप नगरपालिकामा ४२ , लिखु तामाकोशी गाउँपालिकामा ३२ ,उमाकुण्ड गाउँपालिकामा २४ ,गोकुलगंगा गाउँपालिकामा ३४ ,सुनापती गाउँपालिकामा २८ ,दोरम्बा गाउँपालिकामा ३० र खाँडादेवी गाउँपालिकामा ३५ गणकहरु खटिएका छन ।
पहिलो चरणमा जिल्लामा ६९ जना सुपरिवेक्षकले घर तथा घरपरिवार सूचीकरण गरेका थिए । जनगणनामा सहभागि हुन सरकारले सबै नागरिकलाइ आग्रह गरेको छ । देशको पछिल्लो स्थितिलाइ लिएर १० बर्षमा एक पटक हुने जनगणनाले समाजको आउँदो दिनको समेत मार्गनिर्देशन गर्ने भएकाले सहि विवरण टिपाउन तथा कोही नछुट्न केन्द्रीय तथ्याङ्क बिभागले अनुरोध गरेको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...