राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि ५ दल दता कुन दललाई कुन चिन्ह

Written by meropradesh creator

१६ बैशाख २०७८, बिहीबार

काठमाडौँ । बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि ५ राजनीतिक दल दर्ता भएको छ । बिहीबार निर्वाचन आयोगले दल दर्ताको काम टुङ्ग्याउँदै निर्वाचन चिन्ह, क्रम निर्धारण तथा मतदाता नामावलीको विषयमा निर्णय गरेको हो ।
आयोगका अनुसार नेकपा(एमाले) लाई सूर्य चिन्ह दिदै पहिलो नम्बरमा दर्ता गरेको छ । त्यस्तै दोस्रो नम्बरमा दर्ता भएको नेपाली काँग्रेसलाई रुख चिन्ह प्रदान गरेकोे छ । तेस्रो नम्बरमा नेकपा(माओवादी केन्द्र) ले गोलाकारभित्र हँसिया हथौडा चिन्ह पाएको छ । त्यस्तै चौथो नम्बरमा दर्ता भएको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हलो चिन्ह र पाँचौँ नम्बरमा दर्ता भएको नेपाल मजदुर किसान पार्टीलाई मादल चिन्ह आयोगले प्रदान गरेको छ ।
त्यस्तै आयोगले निर्वाचनका कूल मतदाताको सङ्ख्या पनि टुङ्गो लगाएको छ । आयोगका अनुसार प्रदेशसभा सदस्य ११० जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जना गरी जम्मा ३४८ जना मतदाता रहने जनाएको छ ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...