राष्ट्रपतिलाई देउवाले ‘तपाईँ’ नभनेको भन्दै ओलीको आक्रोश

काठमाडौँ । राष्ट्रिपति बिद्यादेबी भन्डारीलाई नेपाली कांग्रेसले प्रयोग गरेको भाषाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिलाई प्रयोग गरेको भाषाप्रति आपत्ति जनाएको हो ।
बालुवाटारमा शनिवार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘मैले आज प्रमुख प्रतिपक्षी दलका नेता नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाजीको औपचारिक वक्तव्य हेरेँ, राष्ट्रपतिलाई तपाईँसम्म भन्ने सभ्यता नेपाली काँग्रेसमा रहेन, सभापतीको तहबाट । राष्ट्रपतिको सम्बन्धमा गरिएको भाषा तिमी, उनी, यसो गरिन् यस्तो भाषा बोलिएको छ भन्दै प्रधानमन्त्री ओलीले आक्रोश ब्यक्त गरेको छ ।