प्रधानमन्त्री वलीले संसद् विघटन गर्ने सिफारीस लगे संगै राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा आज राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको हो । राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९१० र धारा ८५ बमोजिम प्रतिनिधिसभा भंग गरिएको उल्लेख गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद विघटन गरी दुई चरणमा २०७८ वैशाख १७ र २७ गते प्रतिनिधिसभभा चुनावको मिति समेत तोकेको छ । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा सरकारको सिफारिसमा दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन मिति तोकिएको उल्लेख गरिएको छ ।