रामेछाप न.पा.७ को सार्वजनिक सुनुवाई सम्पन्न

रामेछाप । रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोरको पहिलो चौमासिक प्रगति समिक्षा सम्बन्धी सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो चौमासिक सम्म संचालन गरेको विकास निर्माण र सेवा प्रवाहको अवस्थाको विषयमा रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोरले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।


नागरिक सहभागितामा जिम्मेवार व्यक्तिहरुको जवाफदेहिता सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम वडा कार्यालय प्राङगणमा आइतवार सम्पन्न भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा सुकाजोरका हिमाल भुजेल,अरुण कार्की,राशी कार्की,तारा हायू,सुशिल कार्की,ज्ञानुका बस्नेत,सुरेन्द्र बहादुर मोक्तान,भवानी आले लगायतका नागरीकहरुले प्रश्न, जिज्ञास र गुनासोहरु राखेका थिए । उनिहरुले सडक, खानेपानी, शिक्षा, सिँचाई, लगाएत लक्षित वर्गको कार्यक्रम जस्ता विविध विषयवस्तुहरुमा रहेर आफ्ना जिज्ञासा राखेका थिए ।


कार्यक्रममा राप्रपाका नेता नारायण कार्की, नेकपा एसका नेता सूर्य कार्की, रास्वपाका नेता दुर्गा बहादुर बस्नेत,नेकपा एमालेका नेता धु्रब बहादुर बस्नेत,नेपाली कांग्रेसका नेता कमल विक्रम कार्कीले विभिन्न सुझाव सहितको आफ्ना भनाई राखेका थिए । उनिहरुले वडाले गर्ने हरेक कामहरु निस्पक्ष र पार्दर्शी हुनुपर्ने भन्दै सबै कामहरुमा राजनीतिक दलहरुलाई सहभागी गराउन अनुरोध गरेका छन् । कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने र प्रमुख प्रशासकिय अधिकृत मित्र प्रसाद घिमिरेले कार्यक्रममा नागरीकहरुले नगरपालिकासँग सम्बन्धित सोधिएका प्रश्नहरुको जवाफ दिएका थिए । कार्यक्रममा वडासँग सम्बन्धित सहभागीहरुको प्रश्नको जवाफ वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले दिएका थिए ।


नागरीकहरुको प्रश्नको जवाफ दिदै वडा अध्यक्ष कार्कीले सार्वजनिक सुनुवाई कार्यक्रममा नागरीकहरुको प्रश्न,जिज्ञासा र गुनासोहरु भन्दा पनि सकारात्मक सुझावहरु प्राप्त गरेको बताए । कार्कीले वडाबाट प्रवाह भैरहेको हरेक कामहरुमा नागरीहरुले जति बेला र जुनसुकै समयमा पनि सुझाव दिन सक्ने वडा अध्यक्ष कार्कीले बताए । सम्वृद्ध सुकाजोर बनाउन सबै नागरीकहरुको साथ र सहयोग आवश्यक रहेको भन्दै अझै थप सुझाव र सल्लाहको आफुले अपेक्षा गरेको वडा अध्यक्ष कार्कीले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

३ जना सवारी चालक प्रहरी नियन्त्रणमा

३ जना सवारी चालक प्रहरी नियन्त्रणमा

रामेछाप । लागु पदार्थ सेवन ( ला.प.से.) गरी सवारी चलाउने ३ जना सवारी चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले नियन्त्रणमा लिएको छ ।आइतबार दिउसो मन्थली अस्पतालको समन्वयमा मन्थली नगरपालिका वडा नं.१ भैशेश्वरमा गरिएको लागु पदार्थ सेवन सम्पन्धी चेक जाँचको क्रममा तिन...

गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन बन्दैं

गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन बन्दैं

रामेछाप । रामेछापको पुरानो सदरमुकाम रामेछापमा रहेको गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन निर्माण हुने भएको छ । आफ्नो भवन हुदाँ हुदै पठन पाठनमा समस्यामा व्यहोर्दै आएको क्याम्पसले अब भने सुविद्या सम्पन्न भवन पाउँने भएको छ । भवन निर्माणको लागि विश्व विद्यालय अनुदान...

मन्थली नगरपालिकाको सहयोगमा कपडा डिजाइन सम्बन्धि तालिम शुरु

मन्थली नगरपालिकाको सहयोगमा कपडा डिजाइन सम्बन्धि तालिम शुरु

रामेछाप । मन्थली नगरपालिकाको सहयोगमा जिल्ला सदरमुकाम मन्थलीमा १५ दिने एडभान्स लेडिज फेसन डिजाइन कटिङ तथा सिलाई तालिम सुरु भएको छ । नगरपालिकाको सहयोगमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रामेछापको आयोजनामा जिल्ला भित्र व्यवसायी रूपमा काम गर्दै आएका २० जना महिलाहरूको...