रामेछाप निवासी खडका एनसीसी बैंकको विज्ञमा नियुक्त

Written by meropradesh creator

२ फाल्गुन २०७७, आईतवार

रामेछापको सुनापती गाउँपालिका–५ खनियापानी निवासी राजाराम खड्कालाई नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले विज्ञ सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको छ । सुनापती गाउँपालिका–५ खनियापानी निवासी खड्कालाई आइतबार बैंक सञ्चालक समितिको बैठकले बैकको विज्ञ सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
आइतबार बैंक सञ्चालक समितिले खड्कालाई चार वर्षको लागि विज्ञ सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । रामेछाप सुनापती गाउँपालिका–५ खनियापानी निवासी खड्का एनसीसी बैंकमा मर्ज हुनुपूर्वको इन्टरनेशल डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका थिए । उक्त बैंकमा संस्थापक प्रमुख कार्यकारी अधिकृत समेत रहेका खड्काले ८ वर्ष प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए ।
खड्कासँग दुई दशक भन्दा बढी विभिन्न बैंकमा काम गरेको अनुभव छ । नविल बैंकबाट बैकिङ करिअर शुरु गरेका खड्काले एभरेष्ट बैंक, तत्कालित एनआईसी बैंक, सनराइज बैंकमा विभिन्न पदमा रहेर बैकिङ सेवामा काम गरेका अनुभव रहेको छ । इन्टरनेशल डेभलपमेन्ट बैंक एनसीसी बैंकमा मर्ज भएपछि उनी बैकिङ क्षेत्रबाट बाहिरिएका थिए । हाल उनी शुभलक्ष्मी सिमेन्ट प्रालिको प्रबन्ध निर्देशक समेत रहेका छन् ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...