रामेछाप नगरको सार्वजनिक सुनुवाइ ः पहिलो चौमासिकमा २०.८६ प्रतिशत वित्तीय प्रगति 

रामेछाप । रामेछाप नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो चौमासिक अवद्यिसम्म सञ्चालन गरेको विकास निर्माण र सेवा प्रवाहको अवस्थाको बारेमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा पहिलो चौमासिक सम्ममा २०.८६ प्रतिशत वित्तीय प्रगति हासिल गरेको नगरपालिकाले जनाएको छ । रामेछाप नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ मा चालु तर्फ रु ५० करोड ८१ लाख ५३ हजार ९ सय ४५ र पुँजीगत तर्फ २५ करोड ५४ लाख ५३ हजार ६ सय ९६ गरी जम्मा ७५ करोड ८७ लाख ७ हजार ६ सय ४१ रुपैयाँको वार्षिक योजना तथा कार्यक्रम तय गरेको थियो ।  हाल सम्म नगरपालिकाले चालु तर्फ १४ करोड ३ लाख ६७ हजार ८ सय ९९ र पुजिगत तर्फ १ करोड ७९ लाख १ हजार ६ सय ९१ खर्च गरी २०.८६ प्रतिशत वित्तीय प्रगति गरेको हो । 

पहिलो चौमासिकको अवधिमा नगरपालिका भित्र भए गरेका विकास निर्माण र प्रशासन र सुशासन सम्बन्धी सहभागीहरूले आफ्नो जिज्ञासा राखेका थिए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र,राप्रपा,नेकपा एस र राष्ट्रिय स्वतन्त्रपार्टिका प्रतिनिधिहरू सहभागी भएका थिए । उनीहरूले सम्बद्ध नगरको परिकल्पनालाई साकार पार्ने नगरको अभियान अन्तर्गत  पहिलो चौमासिकमा खासै देखिने खालका उपलब्धि हुन नसकेको भन्दै नगरको थप विकासका लागि  सकारात्मक धारणा सहितको  सुझाव दिएका थिए ।

  कार्यक्रमका अवसरमा  जबाफदेही वक्ताका रूपमा उपस्थिति भएका रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरेले रामेछाप नगरको सुशासनका लागि आफूले कुनै पनि कुराको कमी हुन नदिने भन्दै त्यसका लागि राजनीतिक दल वा नागरिक समाजलाई सहयोगका लागि आग्रह गरे । उनले नगर सँगै सबै वडा भित्र वाट गरिने सेवा प्रवाहका काममा आफ्नो ध्यान पुग्न नसक्ने भन्दै त्यसमा कोही कसै प्राविधिक र अन्य कर्मचारीहरूबाट गल्ती कमजोरी भएको भए आफूलाई प्रमाण सहित गोप्य सूचना दिएर सहयोग गर्न पनि आग्रह गरे । 

सुशासन र पारदर्शिता सँगै सेवा प्रवाहमा भए गरेका कमी कमजोरीलाई नागरिकहरूका माझ सार्वजनिक करण गरी राज्य सँगै नागरिक समेतलाई जिम्मेवार र बनाएर सेवालाई कसरी गुणस्तर बनाउन सकिन्छ भन्ने मूल उद्देश्यका साथ सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरिएकोले जन प्रतिनिधि र कर्मचारीहरूले पनि सचेत र जिम्मेवारी वोधका साथ काम गर्ने पनि  घिमिरेले आग्रह गरे  । प्रमुख घिमिरेले बजेटको पाबन्दीका कारण नगरले चाहेर पनि नागरिकको अपेक्षा अनुसारको काम गर्न भने नसकेको स्वीकार गरे  । 

नगर प्रमुख लव श्री न्यौपानेले स्थानीय राजनितक दल र नागरिकहरूबाट आएका कुराहरूले आफूलाई उत्साहित बनाएको बताएका छन् । उनले नगर बासीमा देखिएको चासो,उत्साह र जाँगर नगरका लागि प्रेरणादायी भएको भन्दै उठेका कुरालाई नगरले सुझावका रूपमा ग्रहण गर्ने बताए  । 

उनले नगरको सुशासन र सम्बन्धित विकास निर्माणका कामहरूमा नागरीहरूले जति बेला र जुनसुकै समयमा पनि सुझाव दिएर वडाले परिकल्पना गरेको संवृद्ध रामेछापको सपनालाई साकार बनाउने अभियानमा सहयोग गर्न पनि सबै पक्षलाई आग्रह गरे । उनले आफूले व्यक्तिगत र संस्थागत रूपमा पनि सुशासनको बाधक नबन्ने भन्दै आफ्नो दीर्घकालीन राजनीतिक यात्रालाई घुमील हुन नदिने दाबी पनि गरे । 

कार्यक्रमका अवसरमा नेपाली काँग्रेसका नगर सचिव शुसिलहरु बख्रेल, नेकपा एमालेका अध्यक्ष रोसन पाख्रिन,नेकपा एकीकृत माओवादीका रामबिष्णु बस्नेत  र रास्वपाका  दुर्गा बहादुर बस्नेत समेतले विभिन्न सुझाव सहित नगरलाई परिणाम सहितको प्रस्तुतिका लागि आग्रह गरेका थिए  ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

३ जना सवारी चालक प्रहरी नियन्त्रणमा

३ जना सवारी चालक प्रहरी नियन्त्रणमा

रामेछाप । लागु पदार्थ सेवन ( ला.प.से.) गरी सवारी चलाउने ३ जना सवारी चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले नियन्त्रणमा लिएको छ ।आइतबार दिउसो मन्थली अस्पतालको समन्वयमा मन्थली नगरपालिका वडा नं.१ भैशेश्वरमा गरिएको लागु पदार्थ सेवन सम्पन्धी चेक जाँचको क्रममा तिन...

गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन बन्दैं

गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन बन्दैं

रामेछाप । रामेछापको पुरानो सदरमुकाम रामेछापमा रहेको गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन निर्माण हुने भएको छ । आफ्नो भवन हुदाँ हुदै पठन पाठनमा समस्यामा व्यहोर्दै आएको क्याम्पसले अब भने सुविद्या सम्पन्न भवन पाउँने भएको छ । भवन निर्माणको लागि विश्व विद्यालय अनुदान...

मन्थली नगरपालिकाको सहयोगमा कपडा डिजाइन सम्बन्धि तालिम शुरु

मन्थली नगरपालिकाको सहयोगमा कपडा डिजाइन सम्बन्धि तालिम शुरु

रामेछाप । मन्थली नगरपालिकाको सहयोगमा जिल्ला सदरमुकाम मन्थलीमा १५ दिने एडभान्स लेडिज फेसन डिजाइन कटिङ तथा सिलाई तालिम सुरु भएको छ । नगरपालिकाको सहयोगमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रामेछापको आयोजनामा जिल्ला भित्र व्यवसायी रूपमा काम गर्दै आएका २० जना महिलाहरूको...