रामेछाप जेसिजको स्वागत एबं सम्मान

रामेछाप । रामेछाप जेसिजले नव निर्वाचित पत्रकारहरुलाई स्वागत एबं सम्मान गरेको छ । रामेछाप जेसिजले नव निर्वाचित नेपाल पत्रकार महासंघ रामोछाप र बागमती प्रदेशका पदाधिकारी एबं सदस्यहरुलाई मंगलवार स्वागत एबं सम्मान गरेको हो ।
जेसी २०२१ का उपाध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जेसी २०२१ का अध्यक्ष जिवन कार्कीले रामेछाप जिल्ला बाट पत्रकारीता गर्ने सबै निर्वाचित पत्रकारहरुलाई जस्वागत तथा सम्मान गर्दै नयाँ बर्षको सबैमा सुभकामना समेत ब्यक्त गरे । कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले नेपाल जेसिज क्षेत्र “ग” सम्मेलन २०२१ रामेछापमा सम्पन्न हुने समेत जानकारी दिए । उक्त सम्मेलनमा नेपाल जेसिज क्षेत्र “ग” अन्तएगतका देश भरका जेसिहरु रामेछापमा सहभागी हुने समेत जानकारी दिए ।
जेसिज २०२१ का सहसचिब समेत रहेका ज्ञानु श्रेष्ठलाई नेपाल पत्रकार महासंघ बागमती प्रदेश सदस्यमा निर्वाचित भएको भन्दै रामेछाप जेसीजले सम्मान पत्र द्वारा सम्मान समेत गरेको छ । वागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेल, जिल्ला अध्यक्ष बद्री नयाँँघरे र नेपाल प्रेस युनियनका अध्यक्ष अप्रिल अधिकारीलाई मायाको चिनो समेत प्रदान गरेको छ । सो अवसरमा नेपाल पत्रकार महासंघ वागमती प्रदेश समितिका कोषाध्यक्ष रमेश ढुंगेल, जिल्ला अध्यक्ष बद्री नयाँघरे, राष्ट्रिय परिषद सदस्य टिका प्रसाद भट्ट ,जेसिज रामेछापका कार्यक्रम संयोजक कुमार श्रेष्ठ लगाएते आ आफनो धारणा समेत राखेका छन् ।

Facebook Comments Box