रामेछाप । मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ तामाकोसी नदीमा निर्माण हुन लागेको पुल हाल सम्मको जिल्लाकै हुने भएको छ ।
कुनौरी र फेदीखोलामा निर्माणहुन लागेको पुलको लम्बाई २ सय ३० मिटर हुने भएको छ ।सडक विभाग अन्तर्गतको पुल महाशाखाले पुल निर्माणको कामको लागि ठेक्का सम्झौता समेत गरिसकेको जनाएको छ । पुल महाशाखाका अनुसार आगामी तीन बर्षभित्रमा पुल निर्माण सम्पन्न हुने बताएको छ । कालिका र कल्पवृक्ष जेभीले २८ करोड ८३ लाख ११ हजार ७ सय रुपैयाँमा पुल निर्माणको जिम्मा पाएको सडक विभाग अन्तर्गतको पुल महाशाखाका इन्जिनियरले जानकारी दिएको छ ।
पुल निर्माण सम्पन्न भए संगै सदरमुकाम मन्थलीबाट रामेछाप जिल्लाको खाडाँदेबी गाउँपालिका, दोरम्बा गाउँपालिका र सुनापति गाउपालिकाका आवत जावतमा धेरै सहज हुने छ ।
रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध
रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...