रामेछाप । कारागार कार्यालय रामेछापमा कैद भुक्तान गर्दै आएका एक कैदीको सोमबार दिउँसो हृदयघातका कारण ज्यान गएको छ ।
मृत्यु हुनेमा कारागारमा जेल जीवन बिताइरहेका मन्थली नगरपालिका वडा नं–१ का ६३ बर्षिय जितबहादुर बुढाथोकी रहेका छन् । कारागारमा रहेका उनलाई सामान्य पेट दुखेको बताएपछि उपचारको लागि कारागारबाट जिल्ला अस्पताल रामेछाप लगिएको थियो । अस्पताल पुर्याइएका बुढाथोकीको चिकित्सकले मुटुको इसिजी गर्दागर्दै उनको ज्यान गएको कारागार कार्यालय रामेछापका जेलर रामकृष्ण घिमिरेले जानकारी दिए । उनले भने– बुढाथोकीको मृत्यु हृदयघातको कारण भएको उपचारमा संलग्न चिकित्सकले बताए ।
मृतक बुढाथोकीलाई जर्बजस्ती हाडनाता करणी उद्योग मुद्धामा जिल्ला अदालत रामेछापले १६ वर्ष कैद फैसला सुनाएको थियो । अदालतको फैसला मध्ये कैदी बुढाथोकीले ५ वर्ष कैद भुक्तान गरिसकेका थिए ।
रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध
रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...