रामेछाप कांग्रेसको अधिवेशन स्थगित

रामेछाप । नेपाली कांग्रेस रामेछापको १४ औं जिल्ला अधिबेसन स्थगित भएको छ । मतदान प्रक्रियामा बिबाद उत्पन्न भएपछी आज भएको मतदान प्रक्रिया स्थगन गरिएको हो । मतदान ढिला सुरुगरी रातको समया गरेको भन्दै प्रतिनिधीहरुले बिरोध जनाए पछी आइतबार बिहान ९ बजे सम्मको लागी स्थगित भएको हो । जम्मा १ हजार ४ सय १३ जना मतदाता मध्य आज भएको मतदानमा ६ सय ६८ मत दाताले मात्र मतदान गरेको मतदान अधिकृत बिष्णु लुइटेलले जानकारी दिए । मतदाताहरु भने प्रसाशनको सपोटमा मतदान अधिकृतले एकलौटी तरीकाले मतदान गराएको भन्दै नारावाजी लगाउदै बिरोध समेत गरेका छन् ।
अधिकृत लुइटेलले आज भएको बिरोधको समस्या समाधान गरेर मात्र निर्वाचन गराउने मतदान अधिकृत लइटेलले जानकारी दिए ।