रामेछापमा २ करोड ५५ लाख भन्दा बढी कोरोनाको नाममा खर्च

रामेछाप । रामेछापको ८ वटा स्थानिय तहले कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरमा २ करोड ५५ लाख ५९ हजार ४ सय ९५ रुपैंया खर्च गरेको छ । हुराडेक नेपाल दाेलखाले एक कार्यक्रमको आयोजना गरी रामेछापका ८ वटा स्थानिय तहले कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरमा सो रकम बिभिन्न शिर्षकमा खर्च गरेको प्रतिबेदन सार्वजनीक गरेको हो । हुराडेक नेपालले सार्वजनीक गरेको प्रतिबेदन अनुसार सुनापती गाउँपालिकाले सबै भन्दा धेरै ६० लाख ८० हजार खर्च गरेको छ भने उमाकुण्ड गाउँपालिकाले सबै भन्दा कम २ लाख ५० हजार मात्र खर्च गरेको छ ।
प्रतिबेदन अनुसार रामेछाप नगरपालिकाले क्वारेन्टिन÷आइसुलेसन ब्यवस्थापनमा ४४ हजार ५ सय ७५, मानव स्रोत परिचालनमा २ लाख ५८ हजार १ सय, यातायात तथा जनचेतना कार्यक्रममा ५ लाख ३० हजार ३ सय ७०, स्वास्थ्य सामाग्री खरीदमा २२ लाख ४३ हजार ४ सय ९५,शव ब्यवस्थापनमा ३५ हजार २ सय ५६, बिबिध ४५ हजार ४ सय २५ गरी जम्मा ३१ लाख ५७ हजार २ सय २१ रुपैंया खर्च गरेको छ ।
मन्थली नगरपालिकाले खाजा खानामा ३५ हजार ६ सय ४५, स्वास्थ्य सामाग्री खरिदमा ७ लाख ६६ हजार ६ सय ५०,कोभिड अस्पताल सञ्चालन जनशक्तिमा ४० हजार ५ सय, औषधी ब्यवस्थापनमा ४ लाख ९८ हजार ६ सय ९५, स्वास्थ्य समाग्री ब्यवस्थापनमा १ लाख, स्वास्थ्य कर्मि भत्ता १ लाख ८५ हजार ४ सय, कर्मचारी खाजा खानामा १ लाख ६ सय ६५,हेल्प डेस्कमा ४० हजार ७ सय ५०, कर्मचारी जोखीम भत्तामा १० लाख ६४ हजार ८ सय १७ गरी २८ लाख ३३ हजार १ सय २२ खर्च गरेको प्रतिबेदनमा उल्लेख छ ।
त्यस्तै गरी खाँडादेवी गाउँपालिकाले आइसुलेसन निर्माणमा ६ लाख ३३ हजार , मानव स्रोत परिचालनमा ७० हजार, यातायात तथा जनचेतना कार्यक्रममा १ लाख ८० हजार स्वास्थ्य समाग्री खरीदमा २९ लाख ६५ हजार ८ सय २०, आइसुलेसन ब्यवस्थापनमा ४ लाख ६७ हजार १ सय ११, गरी ४३ लाख १३ हजार ९ सय ३१ खर्च गरेको छ ।
गोकुलगंगा गाउँपालिकाले खाजा खानामा ४ लाख ६८ हजार एन्टिजेन किट खरीदमा ५ लाख, स्वास्थ्य सुरक्षा सामाग्रीमा ५ लाख, भत्तामा १३ लाख गरी जम्मा २८ लाख २५ हजार २ सय २१ खर्च गरेको प्रतिबेदनमा उल्लेख छ ।
सुनापती गाउँपालिकाले आर्थिक सहयोग÷राहतमा ४ लाख १५ हजार, कोभिड अस्पतालमा ९ लाख ५५ हजार, क्वारेन्टिन÷आइसुलेसनमा ८ लाख २० हजार सवारी धुवानी÷विविध ११ लाख ४० हजार , स्वास्थ्य समाग्री ३५ लाख ५० हजार गरी जम्मा ६० लाख ८० हजार खर्च भएको प्रतिबेदनमा उल्लेख छ ।
लिखुतामाकोशी गाउँपालिकामा कोभिड अस्पताल खर्च ६ लाख, क्वारेन्टिन÷ आइसुलेसनमा ६ लाख ५० हजार, सवारी ÷धुवानी÷एम्बुलेन्स तर्फ ६ लाख ५० हजार प्रोत्सान भत्ता ८४ हजार ६ सय, स्वास्थ्य समाग्रीमा २१ लाख १५ हजार ४ सय र अन्य विविध खर्चमा १० लाख ५० हजार गरी जम्मा ५१ लाख ५० हजार खर्च गरेको जनाएको छ । उमाकुण्ड गाउँपालिकाले भने एकमुस्ठ २ लाख ५० हजार खर्च गरेको प्रतिबेदनमा उल्लेख छ । त्यस्तै गरी दोरम्बा शैलुङ्ग गाउँपालिकाले पनी क्वारेन्टिन, खाजा खाना तथा स्वास्थ्य समाग्री भनेर एकमुष्ठ ९ लाख ५० हजार खर्च गरेको बिबरण सार्वजनीक गरेको छ ।