रामेछापमा स्वर्गीय ढुंगेलको योगदानको प्रशंसा

Written by meropradesh creator

३ चैत्र २०७७, मंगलवार

रामेछाप। चौथो स्मृति सभामा नेपाली कांग्रेस रामेछापका पूर्व पार्टि सभापति तथा कृषि सहायक राज्य मन्त्री रामहरि ढुंगेललेकोे योगदानको पार्टीका नेता तथा कार्यकर्ताले चर्चा गरेका छन् । नेपाली काग्रेंस जिल्ला कार्यसमिती रामेछापले आयोजना गरेको स्वर्गीय ढुंगेलकोको चौथो स्मृति सभामा बोल्दै काग्रेसका नेता तथा कार्यकर्ताहरुले उहाँको योगदानको प्रशंसा गदै कामको चर्चा गरेका छन ।


चौथो स्मृति सभामा स्वर्गिय ढुंगेललाई सम्झदै बोल्ने बक्ताहरुले पार्टी र सिङ्गो जिल्लालाई ढुंगेलले दिएको योगदानको चर्चा गर्दै उहाँको कामको प्रशंसा गरेका हुन् । जिल्ला पार्टि कार्यालय मन्थलीमामा आयोजना गरिएको स्मृति सभामा मौन धारण गर्नुका साथै स्वर्गिय ढुंगेलको तस्वीरमा जिल्ला पार्टि सभापति लवश्री न्यौपने लगाएत कार्यक्रममा उपस्थित काँग्रेका नेता तथा कार्यकर्ताहरूले माल्यार्पण गरेका छन् । चौथो स्मृति सभा नेपाली काँग्रेसका सभापति लव श्री न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो । ढुंगेलको २०७३ साल चैत्र ३ गते असामयिक निधन भएको हो ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...