रामेछापमा लकडाउन एक हप्ता थपियो

रामेछाप । रामेछाप जिल्लामा जारी लकडाउन थप एक साता थप गर्ने निर्णय भएको छ । कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिका सयोजक तथा प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूको अध्यक्षतामा बसेको बैठकले लकडाउन एक साता थप गर्ने निर्णय गरेको हो । बैठकले जारी लकडाउन केही खुकुलो बनाउने गरी निर्णय गरेको छ ।
जिल्लामा सञ्चालीत बैक तथा वित्तिय संस्था यसअघि हप्ताको दुई दिन मात्र सञ्चालन गर्ने निर्णय भएकोमा मंगलवार बसेको बैठकले बढाएर तिन दिन सञ्चालन गर्नदिने निर्णय गरेको छ । त्यस्तै गरी यसअघि बिहान ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुँदै आएको खाद्यन्न पसल अब बिहानको ५ बजे देखि ८ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
Facebook Comments Box