रामेछापमा मास्क नलगाउनेलाई कारवाही

Written by meropradesh creator

१३ चैत्र २०७७, शुक्रबार

रामेछाप । जिल्ला प्रशासन कार्यलय रामेछापले मास्क नलगाउनेलाई संक्रमण रोग ऐन अन्तर्गत कारवाही गर्ने बताएको छ । जिल्ला प्रशासन कार्यलय रामेछापले बिहीवार प्रेस विज्ञप्ती जारी जारी गर्दै जिल्लाभित्र कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भएकाले नागरिकहरुलाइ अनिवार्य रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको हो । जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्र रामेछापको पदाधिकारी सहित सरोकारवाला पक्षसँग भएको बैठकले छिमेकी देश भारतमा थप कोरोना संक्रमण अहिले बढदै गएकाले जिल्लाभित्र थप सुरक्षा सतर्कता अपनाउनु पर्ने निष्कर्ष निकालेको छ । साथै बैठकले सभा सम्मेलन लगायतका भिडभाड हुने गतिविधि नगर्न आग्रह गर्दै प्रशासनले मास्क नलगाउनेलाई संक्रमण रोग ऐन अन्तर्गत कारवाही गर्ने चेतावनी दिएको हो ।


प्रेस विज्ञप्तीमा भनिएको छ जिल्लाभित्र कोरोना संक्रमणलाई मध्यनजर गरी सभा जुलुस र्याली, भेला जमघट गोष्ठी, सेमिनार, बैठक, भिडभाड हुने कार्य नगर्नुहोला । विज्ञप्तीमा जिल्लाभित्र रहेको क्वारेन्टिन, आइसोलेसनलाई तयारी अवस्थामा राखेर स्वास्थ्य केन्द्रबाट प्रभावकारी रुपमा सेवा प्रवाह गर्न पनि आग्रह गरिएको छ । त्यस्तै गरी बिद्युतिय सञ्चारमाध्यम बाट सुचना प्रसारण गर्न समेत सम्बन्धीत निकायलाई आग्रह गरेको छ ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...