रामेछापमा पसल चोरी गर्ने गिरोह पक्राउ

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले पसल चोरी गर्ने गिरोहलाई प्रकाउ गरेको छ । रामेछाप र ओखलढंगा जिल्लाको बिभिन्न बजार क्षेत्रमा समुह बनाएर पेशाको रुपमा चोरी गर्दै हिड्ने उक्त समुहलाई प्रकाउ गरेको हो ।
साउन २२ गते शुक्रबार दिउँसो उमाकुण्ड गाउँपालिका–७ बिमिरे स्थित टेकराज नेवारको पसल फोडेर १ लाख पचास हजार नगद चोरी भएको थियो । नेवारले दिएको उजुरीको आधारमा सो समुहलाई प्रहरीले प्रकाउ गरेको हो । समुहले पसल पछाडी घारी भएको स्थान तर्फको जस्तापाता काटेर उप्काएको र भित्रको चुकुल फोडी पसल भित्र पसेर नगद चोरी गरेको आरोपीले स्वीकार गरेको प्रहरीले बताएको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–१ बाट १ जना १६ बर्षका बालक र अन्य २ जना हिरदेन सुनुवार वर्ष १९ र समुयल सिंह सुनुवार वर्ष २४ लाई आज उमाकुण्ड गाउँपालिका–६ ढुङ्गेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले जानकारी दिए । पक्राउ परेकाहरुको साथबाट रामेछापमा चोरी भएको मध्ये नगद एक लाख एक हजार खिजिदेम्बा–१ बाट बरामद भएको उनले बताए । उनका अनुसार ओखलढुंगा जिल्लामा समेत उक्त समूहले नै चोरी गरि रामेछापमा लुकाईछिपाई राखेको डेल कम्पनीको एक थान ल्यापटप तीन थान स्क्रिन टच मोबाईल उमाकुण्ड गाउँपालिकाबाट बरामत भएको हो । प्रहरीले पक्राउ परेका आरोपिलाई डाँका कसुरमा मुद्वा दर्ता गरी अनुसन्धान सुरु गरेको बताएको छ ।