रामेछापमा पनि ¥यापिड रेन्सपोन्स टिम गठन

रामेछाप । जिल्लामा पत्रकारले ¥यापिड रेन्सपोन्स टिम गठन गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवको अवसर पारेर नेपाल पत्रकार महासंघ रामेछापले आयोजना गरेको भेटघाट तथा कार्यक्रममा ¥यापिड रेन्सपोन्स टिम गठन गरेको हो । पत्रकार महासंघ रामेछापका अध्यक्ष वद्री नयाँघरेको संयोजकत्वमा ७ सदस्यीय टिम गठन गरेको छ ।
¥यापिड रेन्सपोन्स टिममा टिका प्रसाद भट्ट, अप्रिल अधिकारी, युवाराज श्रेष्ठ तुल्सीदेवी श्रेष्ठ, कुमार श्रेष्ठ र रामचन्द्र वि.क रहेका छन । विश्वव्यापी रुपमा भेरियण्ड सहितको नयाँ कोभिड–१९ को संकमण तिव्र रुपले पैmलदै गइरहेको अबस्थालाई मध्यनजर गर्दै नेपाल पत्रकार महासंघमा आबद्ध कृयासिल पत्रकारहरुलाई समस्या परेको खण्डमा आबश्य सहयोग गर्न उक्त टिम गठन गरिएको पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले बताउनुभयो ।
जिल्लामा उपलब्ध पत्रकारहरुको वैठकले बिश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सबैलाई शुभकामना ब्यक्त गर्दै यो अवधिमा विभिन्न रोगका कारण विरामी भई अस्पतालमा र घरमा उपचाररत रहेका महासंघ रामेछापका निवर्तमान अध्यक्ष एबं बगमति प्रदेशका वर्तमान कोषाध्यक्ष रमेश ढुंगेलको ममतामयी माता,राष्ट्रिय परिषद सदस्य टिका प्रसाद भट्टको शुपुत्र, प्रदेश परिषद सदस्य दिपक घिमिरे र महासंघका उपाध्यक्ष कैलाश खत्रीको सिघ्र स्वास्थ्य लाभको कामना गर्ने समेत निर्णय समेत गरेको अध्यक्ष नयाँघरेले जानकारी दिनु भयो ।

Facebook Comments Box