रामेछापमा थप ९ स्वास्थ्यकर्मी सहित १३ जनामा कोरोना पुष्टि

रामेछाप । रामेछापमा थप ९ जना स्वास्थ्यकर्मी सहित १३ जनामा कोरोना संङ्क्रमण पुष्टि भएको छ । शनिवार थप १३ जनामा कोरोना पुष्टि भएसँगै रामेछापमा कोरोना सक्रिय संङ्क्रमितको संख्या ४१ पुगेको हो ।

सदरमुकाम मन्थलीमा रहेको तामाकोशी अस्पतालका चिकित्सक र बिरामीहरु गरि ३८ जनाको स्वाब संकलन गरि शुक्रवार कोरोना परिक्षणको लागि पठाइएका स्वाबहरु मध्ये १३ जनामा कोरोना संङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए । तामाकोशी अस्पतालका चिकित्सक र बिरामीहरुको स्वाब परिक्षणको लागि पठाइएको रिर्पोट शनिवार (आज) आएको हो ।

कोरोना पुष्टि भएका मध्ये ८ जना पुरुष र ५ महिला रहेका छन् । कोरोना पुष्टि हुनेमा तामाकोशी अस्पतालमा कार्यरत ९ जना स्वास्थ्यकर्मी र ४ जना उपचार लिन आएका बिरामीहरु समेत रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । शनिवार थप भएका १३ जना सहित रामेछापमा सक्रिय कोरोना संङक्रमितको संख्या ४१ जना पुगेको छ ।

यसअघि जिल्ला स्वास्थ्य कार्यालय रामेछापले बैशाख १२ गते गोकुलगंगा गाउँपालिकावाट स्वाब संकलन गरि पठाएका मध्ये २ जना महिला शिक्षक र ४ जना विद्यार्थी गरि ११ जनामा कोरोना पुष्टि भएको थियो । त्यस्तै वैशाख १५ गते १४ जना र वैशाख १७ गते ३ जनामा कोरोना पुष्टि भएका विरामीहरु भेटिएको थियो ।

शनिवार थपिएको १३ जना कोरोना संङक्रमित सँगै रामेछापमा हालसम्म २ सय ६७ जनालाई कोरोना पुष्टि भएको छ । जसमध्ये यसअघि कोरोना लागेका २ सय २६ जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन् । हाल कोरोना सक्रिय सङ्क्रमितहरु मध्ये केहीको जिल्ला अस्पतालमा रहेको आइसोलेसन र केही बिरामीको होम आइसोलेसनमा राखेर उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

Facebook Comments Box