रामेछाप । रामेछापमा शनिवार थप ७ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । पछिल्लो समय रामेछापमा साबधानी अपनाउँदा कोरोना संक्रमित हुनेको संख्या दैनिक रुपमा बृद्धि हुँदै गएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय रामेछापले शुक्रवार दोरम्वा गाउँपालिकाबाट ११ जनाको स्वाब संकलन गरि पिसिआर परिक्षणको लागि पठाइएकोमा ७ जनामा कोरोना संक्रमण देखिएको हो । संकलित स्वाब मध्ये दोरम्वा गाउँपालिकामा कार्यरत कर्मचारी वर्ष २३ र २६ का दुई महिला र वर्ष २६ का एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
त्यसैगरी दोरम्वा गाउँपालिका वडा नं–६ की २९ र ४० वर्षका दुई महिला, १३ वर्षिय १ बालक र दोरम्वा गाउँपालिका वडा नं–५ का ३४ बर्षिया महिलामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुबन थापाले जानकारी दिए ।
उनका भने कोरोना संक्रमण रिर्पोट आएकाहरु मध्ये दोरम्वा गाउँपालिका वडा नं–६ की २९ वर्षिया महिलाको स्वास्थ्यमा समस्या आएपछि उनलाई थप उपचारको लागि काठमाण्डौमा रहेको केएमसी अस्पतालमा पठाइएको बताए ।
रामेछापमा थप सातजनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २ सय १६ जना पुगेको छ । कोरोना संक्रमितहरु मध्ये २ सय ३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । बाँकी १३ जनाको हाल जिल्ला अस्पताल रामेछापमा २ जना, मन्थली नगरपालिकामा २ जना, दोरम्वा गाउँपालिकामा ९ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध
रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...