रामेछाप । रामेछापको दोरम्वा गाउँपालिकाको दोरम्बा स्वास्थ्य चौकीमा कार्यरत एक २० बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय रामेछापले केही दिन अघि दोरम्वाको स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुको स्वाब संकलन गरि पिसिआर परिक्षणको लागि पठाइएको थियो । पठाएको स्वाब मध्ये शनिवार प्राप्त विवरण अनुसार ती महिलाको पिसिआर परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए ।
जिल्लामा थप एक महिलामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २ सय १९ जना पुगेको छ । जसमध्ये २ सय ३ जना कोरोनालाई जितेर घर फर्कि सकेका छन् । अहिले जिल्ला अस्पताल रामेछापमा २ जना, मन्थली नगरपालिकामा ३ जना र दोरम्वा गाउँपालिकामा ११ जना गरि १६ जना सक्रिय कोरोना सक्रमितको आइसोलेसनमा राखेर उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध
रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...