रामेछापमा घन्किएको नारा–“सहि पनि एमाले मै पनि एमाले”

रामेछाप । सर्वोच्च अदालतले तत्कालिन एमाले र माओवादी केन्द्र ब्युताउने गरि आइतवार गरेको फैसलाको खुशियालीमा जिल्ला सदरमुकाम मन्थलीमा “सहि पनि एमाले मै पनि एमाले” भन्ने गीत घन्काएर नेकपा एमाले निकट विद्यार्थी संघसंगठनहरुले खुशीयालि मनाएका छन् ।
सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गर्दै अनेरास्ववियु र राष्ट्रिय युवा संघ रामेछापले आइतवार साँझ सदरमुकाम मन्थलीको देवकोटा चोकमा दिप प्रज्वलनन गरि एक आपसमा खुशि साटासाट गरे । अदालतले गरेको फैसलाको खुशीयालिमा युवायुवतीहरु जम्मा भएर नाचगान समेत गर्न भ्याए । कार्यक्रममा सहभागीहरुले “सहि पनि एमाले मै पनि एमाले” भन्ने गीत घन्काएर नाराबाजी सँगै नाचगान गर्दै रमाइलो गरे ।
लामो समयदेखी सर्वोच्च अदालतमा बिचारानाधिन रहेको नेकपा कस्को भन्ने फैसला सर्वोच्च अदालतले आइतवार गरेसँगै एमाले निकट रामेछापका युवायुुवतीहरुको मुहारमा खुशियाली छाएको हो । सर्वोच्च अदालतले नेकपा ऋषी कट्टेलले पाउने गरि फैसला गरेसँगै पूर्व नेकपा एमाले र माओवादी केन्द्र ब्युतीएका हुन् ।


सर्वोच्च अदालतले नेकपा एमाले पार्टी र कार्यकर्ताहरुको हित हुने किसिमले गरेको निर्णयको स्वागत गर्दै सदरमुकाम मन्थलीको देवकोटा चोकमा सूर्य चिन्ह बनाएर सो चिन्हको वरीपरी दिप प्रज्वलनन् गरेर पार्टीका कार्यकर्ताहरु बिच एकआपसमा खुशी साटासाट गरिएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य सोनु रोका क्षेत्रीले जानकारी दिए ।

Facebook Comments Box