रामेछापमा कोरोना संक्रमितको संख्यामा बृद्धि

रामेछाप । रामेछापमा दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा शुक्रबार मात्र ९ जना नयाँ संक्रमित थपिएको छ । यो संगै जिल्लामा सक्रिय संक्रमितको ७७ रहेको छ । रामेछापमा शुक्रबार रामेछाप नगरपालिकाको ७ जना र खाडाँदेवी गाउँपालिकामा २ जना गरी नयाँ ९ जना संक्रमित थपिएको हो । पछिल्लो समय परिक्षण गरिएका मध्य अधिकांशको रिपोर्ट पाजेटिभ देखीएकोले जिल्लामा संक्रमितको संख्यामा झनै बृद्धिहुने सम्भवना बढेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार दोस्रो लहर अन्तर्गत ८९ जना संक्रमित भएकोमा १२ जना निको भएर घर फर्किएको र बाँकीको होम आइसोलेसन र अस्पतालको आइसोलेसनमा उपचार भइरहेको जनाएको छ । शुक्रबार थपिएका नौ जना सहित जिल्लामा अहिलेसम्म संक्रमितको हुनेको संख्या ३१३ जना पुगेको छ ।