रामेछापमा कांग्रेसको अधिबेसन सर्यो

रामेछाप । नेपाली कांग्रेस रामेछापले वडा अधिबेसन सारेको छ । नेपाली कांग्रेस रामेछापले जिल्लाको ६४ वटै वडामा भदौ २३ गते वडा अधिबेसन गर्ने भएको छ अन्य जिल्लाहरुमा भने भदौ १८ गते वडा अधिवेशन हुँदैछ । केन्द्रिय प्रतिनिधिको रोहबरमा हुने भदौ १८ गते को अधिवेशन २३ गते हुने भएको हो । नेपाली काङ्ग्रेसको आगामी १४औं महाधिवेशन सम्पन्न गर्नको लागि केन्द्रबाट खटाएको प्रतिनिधि तथा निर्वाचन अधिकृत बिष्णु लुइँटेलका अनुसार रामेछापको ६४ वडामा एकैदिन अधिवेशन हुने भएको छ । अन्य जिल्लाहरूमा भदौ १८ गते अधिवेशन हुने भएपनि रामेछाप जिल्लामा भने भदौ २३ गते वडा अधिवेशन हुने भएको हो ।

Facebook Comments Box