रामेछाप–२८ मंसिर ।
रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापले वर्तमान कम्युनिष्ट सरकार अधिनायकबादी चिन्तन र व्यवहारमा लिप्त भएको भन्दै त्यसको बिरुद्धमा रामेछापको सदरमुकाम मन्थलीमा मंसिर २९ गते मंगलवार हुने बिरोध प्रर्दशनमा सहभागी हुन सबै जिल्लाबासिमा आग्रह गरेको छ ।
अहिलेको बर्तमान कम्युनिष्ट सरकारले निरन्तर रुममा दमनको प्रतिक, भ्रष्टाचारको पर्यावाची र कोभिड–१९ को नियन्त्रण र रोकथाममा पूर्ण रुपमा असफल भएको, भ्रष्टाचारमा लिप्त भएको निष्र्कष निकाल्दै नेपाली काँग्रेसले सरकार विरुद्ध विरोध प्रदर्शन गर्न लागेको हो । काँग्रेसले सडक देखी सदनसम्म सरकार विरुद्ध आन्दोलनका कार्यक्रम जारी राख्ने जनाएको छ ।
कम्युनिष्ट सरकारले यहीँ मसिर १७ गते नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल र जिल्लाका नेताहरु माथि गरेको दमनकारी व्यवहार, देशका विभिन्न भागमा पटक–पटक सरकारवाट प्रस्तुत बिभेद, पक्षपात र सर्वसत्तावादी प्रबृद्धि, कोभिड–१९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता र अकर्मण्यता साथै स्वास्थ्य सामाग्री खरिदमा गरिएको भ्रष्टचार र बेथितीको बिरुद्धमा नेपाली काँग्रेसले देशभर एकसाथ विरोध कार्यक्रम गरी सरकारलाई दबाब सिर्जन गर्न लागेको नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापका पार्टी सभापति लवश्री न्यौपानले जानकारी दिए ।
उनले भने– सरकार विरुद्ध हुन लागेको विरोध कार्यक्रममा पार्टीका नेता, भातृ संघसंघठनका नेता तथा पदाधिकारीहरु, पार्टीका कार्यकर्ताहरु, शुभचिन्तकहरु लगाएतका सवै महानुभावहरुलाई उक्त कार्यक्रममा सहभागी भइदिन अनुरोध गर्दछु ।
रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध
रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...