रामेछापमा एक पुरुषमा कोरोना पुुष्टि

Written by meropradesh creator

६ बैशाख २०७८, सोमबार

रामेछाप । रामेछपमा थप एक पुरुषमा कोरोना पुष्टि भएको छ । कोरोना सङ्क्रमण पुष्टि हुनेमा गोकुलगंगा गाउँपालिका वडा नं–१ चुचुरेका ६० वर्षिय पुरुष रहेका छन् ।

विरामी भएर उपचारको लागि जिल्ला स्वास्थ्य कार्यालय रामेछपमा पुगेका उनी सहित दुुई जनाको स्वाब संकलन गरि शनिवार परीक्षणको लागि धुलिखेल अस्पतालमा पठाइएको थियो । धुलिखेल पठाइएको दुई जनाको स्वाब मध्ये एकजनाको रिर्पोट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य निरीक्षक भुवन थापाले जानकारी दिए । उनले भने– अहिले उनको जिल्ला अस्पताल रामेछापको आइसोलेसन वाडमा राखेर उपचार भइरहेको छ ।

नयाँ थप एकजना कोरोना संक्रमित संख्या थपिएसँगै रामेछापमा हालसम्म २ सय २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये हाल एक जना मात्रै सक्रिय संक्रमित रहेको र अन्य सबैको निको भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...